-->
एनसेलमा अनावश्यक डाटा सकियो ? : एनसेल आफैले दियो ६ सुझाव
Advertisement


माघ २४
काठमाडौं – मोबाईल सेवा प्रदायक
एनसेलले ग्राहक सचेतनाको पहल शुरु गरेको
छ, जस अन्तर्गत कम्पनीले डेटा ग्राहकलाई
आफ्नो मोबाईलमा ब्याकग्राउण्ड डेटा
बन्द गरेर अनावश्यक ब्यालेन्स खर्च हुनबाट
जोगिन अनुरोध गरेको छ ।
मोबाईल सेट, विशेष गरि स्मार्ट फोनमा
रहेका विभिन्न एप्लिकेसनले स्वतः अपडेट
लगायतका कार्यमा डेटा खपत गर्ने
भएकोले यसरी थाहै नपाई डेटा प्रयोग
हुनबाट रोक्न ब्याकग्राउण्ड डेटा
डिसएबल गर्न सुझाएको हो । यसले
ग्राहकलाई ईन्टरनेट नचलाउँदा पनि
ब्यालेन्स काटिएको अप्रिय अनुभवबाट
सुरक्षित राख्छ ।
आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा अनुभव
प्रदान गर्ने प्रतिबद्धता बमोजिम
कम्पनीले ग्राहक सचेतनाको यस्तो पहल शुरु
गरेको हो ।
पहल अन्तर्गत कम्पनीले ग्राहकलाई
मोबाइलमा इन्टरनेट नचलाउँदा पनि
परोक्षरुपमा ब्याकग्राउण्डमा रहेका
अपरेटिङ्ग सिष्टम तथा एपले डेटा खपत गर्न
सक्ने र यसले गर्दा लाग्ने डेटा शुल्कको
बारेमा विभिन्न माध्यमहरु जानकारी
मुलक सन्देशहरु दिईरहेको छ ।
यसरी लाग्ने ब्याकग्राउण्ड डेटा
चार्जिङ्गका बारेमा जानकारी दिन
कम्पनीले छुट्टै आइभिआर नम्बर १७१२८ पनि
संचालनमा ल्याएको छ । ग्राहकले यो
नम्बरमा डायलगरी कसरी ब्यागग्राउण्ड
डेटा चार्जिङ्ग हुन्छ, यो हुन नदिन के गर्ने
र आफ्नो ब्यालेन्स कसरी बचाउने भन्ने
बारेमा जानकारीहरु लिन सक्छन् । साथै
कम्पनीले अनलाइन ब्यालेन्स रिचार्ज गर्ने
पेजमा, पत्रपत्रिकामा कमिक्स् स्ट्रिपहरु
मार्फत र डेटा प्याकका लिफलेटहरुबाट
पनि ब्यागग्राउण्ड डेटा चार्जिङ्गको
बारेमा जानकारी दिइरहेको छ ।
· यस अन्तर्गत कम्पनीले ग्राहकलाई
स्मार्टफोनमा रहेका विभिन्न
एप्लिकेसनहरुले स्वतः थाहै नदिई सिस्टम
अथाव एप अपडेट गर्नेबाट जोगिन आफुलाई
आवश्यक नभएको बेलामा मोबाइल डेटा
अफ गर्न सुझाएको छ ।
· डेटा अन गर्ने वितिक्कै कुनै पनि एपको
नोटिफिकेसन आउँछ भने यो थाहा पाउन
सकिन्छ कि ग्राहकले नचलाएको बेलामा
पनि एपले डेटा प्रयोग गरिरहेको छ ।
त्यसैले आफूलाई आवश्यक पर्ने एप्लिकेसनको
लागि मात्र ईन्टरनेट प्रयोग गर्न गाहकले
मोबाईलको डेटा वा ईन्टरनेट सेटिङ्गमा
गई चाहिने एपहरु मात्र टिक गर्नु उपयुक्त
हुन्छ । अन्य एपलाई वाईफाईमा मात्र
प्रयोग हुने गरि सेटिङ्ग मिलाउदा
मोबाईल डेटाको खपत ग्राहकको
नियन्त्रणमा रहन्छ ।
· यस बाहेक डेटा अन गर्दा मोबाईलबाट
स्वतः डेटा ट्रान्सफर पनि सुचारु हुन सक्छ
जसले गर्दा शुल्क लाग्दछ । यसलाई रोक्न र
अतिरिक्त शुल्क लाग्नबाट जोगिन
ग्राहकले आफ्नो स्मार्टफोनको
सेटिङ्गमा गई ‘अटोमेटिक अपडेट अफ’,
‘अपडेट अन वाईफाई’ वा ‘रिसट्रिक्ट
मोबाईल ब्याकग्राउण्ड डेटा’ मा टिक
गर्न सक्छन् ।
· यस्ता सिस्टम वा एप अपडेटहरु जहाँ
वाईफाई सेवा उपलब्ध छ त्यस्तो स्थानमा
गर्न सकिन्छ । त्यसका लागि ग्राहकले
आफ्नो स्मार्टफोनको सेटिङ्मा गएर
‘अपडेट अन वाईफाई’ मा टिक गर्न सक्छन् ।
· साथै ग्राहकले आफ्नो मोबाईललाई
वाईफाई हटस्पट बनाउँदा आफुले बाहेक
अरुले पनि सो वाईफाई प्रयोग गर्न सक्छन्
। यसो हुँदा पनि ग्राहकलाई आफ्नो
ब्यालेन्स घटिरहको थाहा नहुन सक्छ ।
· वाईफाई सेवा उपलब्ध भएको ठाउँमा
डाउनलोड पुरा हुन नपाउँदा वा
सामाजिक संजालका साईटबाट लगआउट
नभएमा पनि डेटा अन हुने बितिक्कै
डाउनलोड सुचारु हुन वा पेज फेरी स्वतः
चल्न थाल्छ । त्यसैले सामाजिक
संजालका साईटबाट लगआउट गर्न र एप
डाउनलोड र अपडेट गर्न ‘अपडेट अन
वाईफाई’ गर्न बिर्सन हुन्न ।
यी लगायतका ब्याकग्राउण्ड डेटा
चार्जिङ्गका बारे जानकारी लिन
एनसेलले ब्यालेन्स इन्क्वाइरी गर्दा होस्
वा कल समाप्ति पछि आउने
जानकारीमा ग्राहकलाई १७१२८ मा
डायल गर्न सूचना प्रवाह गरिरहेको छ ।
“डेटा प्रयोगकर्ताको संख्या बढिरहेको
विद्यमान परिप्रेक्ष्यमा ग्राहकलाई
सुसूचित रहन तथा थाहै नपाई हुने संभावित
डेटा प्रयोग र शुल्कका बारेमा
जानकारी दिन यस्तो पहल जरुरी छ ।
यसले सेवा प्रतिको अनुभवलाई थप राम्रो
बनाउनमा योगदान पु¥याउने विश्वास
छ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन
शर्माले भने ।ratopati बाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.