-->
फेसबुकबाट युवतीसँग ३ लाख ठग्ने जेल चलान
Advertisement


२४ माघ, काठमाडौं । फेसबुकका माध्यमबाट
जिल्लाकी एक युवतीबाट ३ लाख रुपैयाभन्दा बढी
ठगेको आरोपमा पक्राउ परेका निश्चल शर्मा भनिने
भवीन्द्र सुवेदी जेल चलान भएका छन् ।
सुवेदीलाई अदालतले ३ लाख ४७ हजार धरौटीमा
छाड्न आदेश दिए पनि उनले धरौटी बुझाउन नसकेपछि
कारागार चलान गरिएको जिल्ला प्रहरी
कार्यलयका डिएसपी कृष्णप्रसाद कोइरालाले
बताएको आजको नागरिक दैनिकमा समाचार छ ।
न्यायधीश राजेन्द्रकुमार श्रेष्ठको एकल इजलासले ठगी
मुद्दाका आरोपी सुवेदीलाई उक्त रकम अथवा
त्यसबराबरको जेथो धरौटीका रुपमा माग गरेकोे
थियो । निश्चल शर्मा नामको फर्जी फेसब्क
एकाउन्ट बनाई युवतीबाट पटक पटक पैसा लिएर ठगेको
आरोप सु्वेदीमाथि थियो । झापाका बासिन्दा
सुवेदी पुस अन्तिम साता पक्राउ परेका थिए ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.