-->
एउटा छोराको चाहनामा गर्भाधारण गर्दा जन्मिए एकैचोटि ५ बच्चा
Advertisement


अस्ट्रेलियाको पर्थमा बस्ने एक महिलाले एकैचोटी ५
वटा बच्चा जन्माएकी छिन् । यसअघि दुइवटा छोरी
जन्माइसकेकी २६ वर्षकी किम टुकी नामकी यी
युवतीले छोराको चाहनामा तेश्रो गर्भाधारण गरेकी
थिइन् ।
तर उक्त गर्भाधारण यति भयंकर भयो की एकसाथ
उनको पेटाम ५ वटा भ्रुण बने । अन्ततः गत जनवरी २८
मा उनले ५ वटा बच्चा एकसाथ जन्माइन् । सामान्य
रुपमा बच्चा जन्मनुभन्दा अघि अर्थात् ३० हप्तामै
आफ्नो बच्चा जन्मिएका उनले बताएकी छिन् । उनले
आगामी अपि्रलमा बच्चा जन्माउने डेट डाक्टरले
दिएका थिए । किमले जन्माएका ५ बच्चा मध्ये ४ वटा
छोरी छन् भने एउटा छोरा ।
सुरुमा बढि रगत बग्ने समस्या देखिएपछि उनी गत
अगष्टमा अस्पतालमा उपचारका लागि पुगेकी थिइन् ।
त्यहाँ अल्ट्रासाउण्ड गर्दा पेटमा पाँचवटा बच्चा
भएको जानकारी पाएपछि उनी झसँगै भइन् ।
अल्ट्रासाउण्ड गर्ने कोठाबाटै उनले आफ्नो
श्रीमानाई यसबारेमा जानकारी दिइन् ।
एकसाथ पाँच बच्चा जन्माउने किमले आफु तथा
बच्चाहरुलाई हुर्काउन सहयोग प्राप्त गर्नका लागि
सपर््राइज्ड बाइ फाइभ नामक फेसबुक पेज संचालन गरेकी
छिन् । उक्त पेज लाइक गर्नेको संख्या २ लाख भन्दा
बढि छ ।
उक्त फेसबुक पेज मार्फत नै विभिन्न परोपकारी
संस्थाहरुले किम दम्पती र उनका पाँच बालबच्चाको
पालनपोषणका लागि आर्थिक सहयोग जुटाउन
विभिन्न अभियान चलाएका छन् । डाक्टरहरुका
अनुसार विश्वमा एकसाथ पाँच बच्चा जन्मिनु निकै
दुर्लभ हो । यो साढे ५ करोड जन्ममा एउटा मात्र
हुनसक्ने सम्भावना हुन्छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.