-->
अनौठो देश: जहाँ हरेक पुरुषले बनाउनैपर्छ दुई श्रीमती, नत्र भोग्नुपर्छ जन्मकैद
Advertisement


हाम्रो देशमा बहुविवाह अर्थात् एक जनाभन्दा बढिसँग
बिहे गैरकानूनी छ । दुनियाका धेरै देशमा कानूनतः
बहुविवाह दण्डित छ । पहिलो श्रीमती हुँदाहुँदै
कानूनमा उल्लेखित अवस्था वा श्रीमतीको
मन्जुरीविना दोश्रो बिहे गर्ने पुरुषलाई सजायँ हुन्छ ।
तर यो दुनियामा एउटा यस्तो देश पनि छ जहाँ बहु
विवाह गर्नेलाई होइन नगर्नेलाई पो सजायँ हुन्छ ।
यदि कसैले दोश्रो बिहे गर्न मानेन भने उसले जिन्दगीभर
जेलको हावा खानुपर्छ ।
हो, इरिटि्रया नामक अपि|mकी देशमा यस्तो
अनौठो कानून छ । जहाँ दुईजना महिलासँग बिहे गर्न
नमान्ने पुरुषले जन्मकैदको सजायँ भोग्नुपर्छ । सरकारी
कानून अनुसार त्यहाँ हरेक पुरुषलाई दुईजना महिलासँग
बिहे गर्नु अनिवार्य छ । यदि पहिलो श्रीमतीले
कान्छी भित्राउन दिइनन् भने ती महिलालाई समेत जेल
सजायँ हुन्छ ।
आखिर किन यस्तो अनौठो तथा दुनियामा कतै
नभएको कानून छ त त्यो देशमा ? यसमा सरकारको
आफ्नै दाबी छ । देश विगतमा धेरै पटक गृहयुद्धमा फस्यो
। सन् १९९८ देखि २००० सम्म चलेको गृहयुद्धमा डेढ लाख
सैनिक मारिए । जसका कारण देशमा महिलाको
संख्या भन्दा पुरुषको संख्या निकै कम छ ।
पुरुषको भन्दा महिलाको संख्या धेरै भएपछि सरकारले
कुनैपनि महिला अविवाहित बस्नु नपरोस् र सबैले घरजम
गर्न पाउन् भन्नका खातिर पुरुषले अनिवार्य रुपमा
दुईवटी श्रीमतीसँग बिहे गर्नुपर्ने नियम बनाएको
बताइन्छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.