फागुन १५
रामपुर : कालीगण्डकी नदीमा ढुङ्गा लिन गएको ट्र्याक्टर नदीमा धसिएपछि चालक बेपत्ता भएका छन्।
शुक्रबार बेलुका रामपुर नगरपालिका–६ मा ग१त ३८२२ नम्बरको ट्र्याक्टर नदीमा ढुङ्गा लादेर फर्किने क्रममा अगाडिको भाग धसिएपछि चालक सिन्धुपाल्चोक फुल्पिन–६ का २९ वर्षीय साङ्ले शेर्पा बेपत्ता भएका हुन् । उनी नदीमा डुबेको अनुमान गरिएको छ।
धसिएको ट्र्याक्टरलाई इलाका प्रहरी कार्यालय रामपुर र स्थानीयवासीले निकालेका थिए। बेपत्ता चालकको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय रामपुरका सहायक प्रहरी निरीक्षक भरतबाबु ढकालले जानकारी दिए। ट्र्याक्टरमा रहेका अन्य तीन जना भने सकुशल रहेका छन्। पहिलोपोस्टबाट

0 comments
प्रतिक्रिया दिनुहोस्...