-->
बाबुरामको गृहजिल्ला पुगेर प्रचण्डले भने-उहाँले गोरखाका जनतालाई धोका दिनुभयो
Advertisement


फागुन १५ |
गोरखा– एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले डा.बाबुराम भट्टराईले गोरखाका जनतालाई धोका दिएको आरोप लगाएका छन् । सहीद दिवसका अवसरमा बाबुरामको गृहजिल्ला गोरखामा पुगेका प्रचण्डले मतदातालाई एक बचन नसोधी बाबुरामले सांसद पद त्यागेको विषयमा पनि आलोचन गरे ।
‘संविधान बनाई सकेपछि यही गोरखा जिल्लाका जनप्रतिनिधी डा. बाबुराम भट्टराईले पार्टी पनि परित्याग गर्नुभयो र सदन पनि परित्याग गर्नुभयो । त्यत्रो हज्जारौंको बलिदानबाट बनेको पार्टीका नेता, जसलाई पार्टिले प्रधानमन्त्री बनायो । तपाई हामीले चुनेर सांसद बनायौं चुनेर । गोरखाका जनताले नै जिताएर पठायौं । ति जनताको
भावनालाई पनि वेवास्था गरेर राष्ट्र अप्ठ्यारोमा परेको बेला आफूलाई चुनेर पठाउने जनतालाई सोधपुछ पनि नगरी अचानक जानुभयो ।’ प्रचण्डले भने ।
प्रचण्डले देश र आफ्नो पार्टीका लागि यो बर्ष निकै महत्वपूर्ण बनेको पनि स्मरण गरे । ‘गोरखकै बारपाकमा केन्द्र बिन्दु भएर भूकम्प गयो र अकल्पनीय जनधनको क्षति भयो । त्यसकारण यो वर्ष कहिलै नबिर्सने बर्ष भयो । अर्को यही बर्ष हामीले धेरै मेहनत गरेर झण्र्ड ६५\७० वर्षपछि संविधान सभाबाट संविधान बनाउने भन्ने जो आन्दोलन गर्दै आएका थिए त्यसको उपलब्धीको रुपमा हामी संविधान बनायौं । संविधान बनेको वर्षका रुपमा पनि यो वर्ष असाधारण बर्ष भयो । अहिल्यै नबिर्सने वर्ष भयो ।’ उनले भने, ‘यसकै साथै संविधान बनाए पछि नाकाबन्दीको सामना गर्नुपर्यो । यो वर्ष केही राम्रा काम गरेकाले पनि कहिल्यै नबिर्सने वर्ष भयो । नराम्रा घटनाका कारण पनि यो वर्ष नराम्रो वर्ष भयो । हाम्रो पार्टी र आन्दोलनका लागि पनि यो वर्ष महत्वपूर्ण वर्ष भयो । हामीले सक्ने जति राम्रो संविधान बनाएकै हौं । यो भन्दा राम्रो संविधान बनाउन सकिन्थ्यो तर शक्ति सन्तुलनको कारणले यस्तो संविधान बनाउन सफल भएको हो ।’
प्रचण्डले प्रधानमन्त्री ओलीको भारत भ्रमणबाट स्थिति सामान्य हुने प्रक्रियाको सुरु भएको बताए ।‘संविधान निर्माण पश्चात त्यसको कार्यान्वयनका लागि राष्ट्रिय एकताको खाँचो छ’ उनले भने, ‘सबै प्रमुख राजनीतिक शक्ति मिलेर मात्रै संविधान कार्यान्वयन, ऐन कानून बनाउन, भूकम्प पश्चातको भौतिक संरचनाको पुनर्निर्माणमा राष्ट्रिय एकता आवश्यकता छ । त्यसैगरी नाकाबन्दी, राष्ट्रिय स्वाधीनता सुदृढ गर्न पनि राष्ट्रिय एकता अपरिहार्य छ ।’ सहीद दिवसमा जनयुद्धबाट बढी प्रभावित मध्धे एक जिल्ला गोरखा पुगेका प्रचण्डलाई स्थानीयले स्वागत गरेका थिए ।ratopati बाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.