सुनसरी, फागुन १५ – सुनसरीको धरानमा शनिबारदेखि १८ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगितमा भारत र भुटानका एक एकसहित ८ टोलीको सहभागिता छ ।
मनाङ मर्स्याङदी, भुटानको भुटान ११, सशस्त्र प्रहरीको एपिएफ र पोखरा ११ समूह ‘ए’ तथा रुपेन्देही ११, भारतको शारे क्लब कालिङपोङ, नेपाल पुलिस क्लब र आयोजक धरान फुटबल क्लब समूह ‘बी’ मा छन् ।
प्रतियोगिताको पहिलो खेलमा शनिबार मनाङ मर्स्याङदी र भुटान ११ खेल्ने छन् । यी दुई बिचको खेल दिउँसो ३ बजेपछि धरानमा रहेको एन्फा टेक्निकल सेन्टरको मैदान हुनेछ ।
प्रतियोगिताको विजेताले चार लाख तथा उपविजेताले दुई लाख नगद पुरस्कार पाउने छन् । प्रतियोगिताको फाइनल खेल फागुन २२ गते हुनेछ ।Ujyaaloonline बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...