विराटनगर, फागुन १५ – मोरङको विराटनगरमा चलिरहेको विराट गोल्ड कप फुटबलको उपाधिका लागि शनिबार झापा ११ र विभागीय टोली नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा हुँदैछ ।
यी दुई बिचको खेल सहिद रंगाशालमा दिउँसो दुई बजेपछि हुनेछ । साविक विजेता झापा ११ सशस्त्र प्रहरीको एपिएफलाई २–० ले हराएर फाइनलमा प्रवेश गरेको हो ।
यस्तै नेपाल पुलिसले सेमिफाइनलमा आयोजक मोरङ फुटबल क्लबलाई १–० ले हराएर झापा ११ सँग उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेको हो । प्रतियोगिताको विजेताले पाँच लाख एक हजार तथा ट्रफी र उपविजेताले तीन लाख एक हजार तथा ट्रफी प्राप्त गर्ने छन् ।Ujyaaloonline बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...