-->
सोमालियाको राजधानी मोगादिशुको एक होटलमा आक्रमण, ९ जनाको मृत्यु
Advertisement


फागुन १५ – सोमालियाको राजधानी मोगादिशुमा रहेको एक होटलमा भएको आक्रमणमा ९ जनाको ज्यान गएको छ । आक्रमणमा अरु धेरै मानिस घाइते भएको सरकारी अधिकारीले बताएका छन् ।
मोगादिसुको सोमाली युथ लिग होटलमा बिद्रोही संगठन अल शबाबका आक्रमणकारीले आक्रमण गरेका हुन् । उनीहरुले होटलको बाहिरी भागमा कार बम विस्फोट गराएका थिए । त्यसपछि होटल भित्र प्रवेश गरेका आक्रमणकारीले गोली चलाएका थिए । पहिलो कार बम विस्फोट भएको झण्डै ४० मिनेटपछि होटल नजिकै रहेको शान्ति पार्कमा अर्को विस्फोट भएको थियो । प्रहरीको कारवाहीमा परि चार जना आक्रमणकारी मारिएका छन् ।
अलकायदासँग सम्बद्ध अल शबाबले सोमालियमा हिंसात्मक गतिविधि गर्दै आएको छ । आक्रमण भएको होटल राष्ट्रपति निवाससहित अन्य सरकारी अधिकारीको आवास रहेको क्षेत्रबाट नजिक पर्छ ।
अल सबाबले होटल आफ्नो नियन्त्रणमा रहेको बताएको थियो । तर प्रहरीले भने होटलबाट आक्रमणकारीलाई हटाएको र अहिले स्थिति आफ्नो नियन्त्रणमा रहेको बताएको छ ।
– Ujyaaloonline बाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.