भुटान ५-० गोलको फराकिलो अन्तरले पराजित
काठमाडौं, २४ माघ । भारत जारी १२ औं दक्षिण
एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत
फुटबल खेलमा नेपालका नवयुग श्रेष्ठले भुटानविरुद्ध
ह्याट्रिक गरेका छन् ।
उनको ह्याट्रिकको मद्दतमा नेपालले भुटानमाथि
५–० गोल अन्तरले शानदार जित हात पारेको छ ।
आजको जितसँगै नेपाल सेमिफाइनल नजिक पुगेको छ
।
खेलको ३३ औं मिनेटमा सुरुवाती गोल गरेका नवयुगले
७६ औं मिनेटमा दोस्रो गोल गरेका थिए । ८५ औं
मिनेटमा अर्को गोल थप्दै उनले ह्याट्रिक पुरा गरे ।
नेपालका अन्जन बिष्टले ५१ औं मिनेट र ४४ औं
मिनेटमा विशाल राईले समान एक/एक गोल गरेका
थिए ।
नवयुगले यसअघि बंगलादेश सम्पन्न बंगबन्धुकप फुटबलमा
माल्दिभ्सविरुद्ध ह्याट्रिक गरेका थिए ।
आजको जितले नेपालको यू–२३ टिम जितले तीन
अंकसहित समूहको शीर्ष स्थानमा रहेको छ । अब
मंगलबार समूहको अर्को खेलमा बंगलादेशले भुटानको
सामना गर्नेछ । त्यसखेलको नतिजाले सेमिफाइनल
समीकरण तयार पार्नेछ ।
नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग
बिहीबार खेल्नेछ र त्यस नतिजाले सम्भवतः समूह
विजेताको निर्णय गर्नेछ । अफगानिस्तानले नाम
फिर्ता लिएपछि समूह ‘बी’ मा तीन टिम मात्र
छन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...