-->
राजधानीमा हेडमास्टरले छात्रासँग क्लासमै सेक्स गर्दा…
Advertisement


एजेन्सी । राजधानीको एक स्कुलका हेडमास्टर आफ्नै
विद्यार्थीसँग शारीरिक सम्पर्क राखेको अभियोगमा
पक्राउ परेका छन् ।
यो घटनाले गुरु चेलाको सम्बन्धलाई लज्जित बनाइदिएको छ
भने अभिभावकमा त्रास सिर्जना गरिदिएको छ । घटना
भारतको राजधानी दिल्लीस्थित गुडगाउँको हो । जहाँ
आरसा पब्लिक स्कूलका ७२ वर्षीय हेडमास्टरलाई ८ वर्षीया
बालिकालाई फकाएर शारीरिक सम्पर्क राखेको
अभियोगमा पक्राउ गरिएको हो ।
गुड़गाउँ प्रहरीले बालिकाका अभिभावकको उजुरीपछि
प्रोटेक्शन अफ चिल्ड्रन फ्रम सेक्सुअल अफेंस एने अन्तर्गत मुद्दा
दर्ता गरेको छ । गुड़गाउँ प्रहरीका प्रवक्ता हवा सिंहका
अनुसार अभियुक्त हेडमास्टरको नाम राम गोपाल हो । उनलाई
हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
घटनाबारे वयान दिँदै पीडित बालिकाकी आमाले भनेकी
छिन्– ‘अभियुक्त हेडमास्टरले लञ्च समयमा आफ्नो अफिसमा
मेरी छोरीलाई बोलाएर जबरजस्ती गरे । नमानेपछि पैसा
दिएर अस्मिता लुटे । उनी जब घर आइन् त्यो दिन केही भनिनन्,
दोस्रो दिन विहान उनी विद्यालय जान मानिनन्, मैले
कारण सोध्दा उनले हेडमास्टरको कर्ततु मलाई बताइन् ।
त्यसपछि उनी धरधरी रोइन्, मैले पनि आसु धाम्न सकिन् ।’


Advertisement
,

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.