काठमाडौं, फागुन १५ – नेपालगञ्जबाट जुम्लाको लागि उडेको एयर काष्टमाण्डपको विमान शुक्रबार कालिकोटमा दुर्घटना हुँदा सबै यात्रुको ज्यान जोगियो । तर यात्रुको ज्यान जोगाउने क्रममा दुईजना पाइलटको ज्यान गयो ।
विमानमा प्राविधिक गडबडी भएको थाहा हुने बित्तिकै पाइलट दिनेश न्यौपाने र को पाइलट सन्तोष रानाले यात्रुलाई सान्त्वना दिँदै आफूहरु मरेर भएपनि सबैको ज्यान जोगाउने प्रतिबद्धता जनाएका थिए । यात्रुलाई आश्वस्त पार्दै सकुशल विमान अवतरण गर्ने क्रममा दुवै पाइलटको ज्यान गयो । जहाजमा रहेका ९ जना यात्रुको ज्यान जोगियो ।
दुई पाइलटले साहसिक अवतरण नगराएको भए जे पनि हुन सक्थ्यो । पाइलटकै कारण यात्रुको ज्यान बच्यो । तर यात्रुलाई बचाउने पाइलट रहेनन् । आफूलाई बचाउने ती पाइलटलाई सम्झेर यात्रुको मन रोइरहेको छ । यस्तो थाहा पाएका अरुको पनि आँखा रसाएको छ ।
सामाजिक सञ्जालमा धेरैले पाइलटको साहसलाई कदर गर्दै उच्च सम्मान र श्रद्धाञ्जली प्रकट गरेका छन् । यसमा नयाँ शक्तिका नेता डा. बाबुराम भट्टईदेखि सर्वसाधारण नागरिक छन् ।
जिन्दगिको अन्त्य कहाँ कसरी हुन्छ थाहा छैन! अरुको जिन्दगी बचाएर आफ्नो अन्त्य स्विकार्ने महान पाइलटलाई मेरो सलाम!!
#RIP pic.twitter.com/qr6akAK7Md
— न्यौपाने कमल (@kamalneupane13)
February 26, 2016
नारायण अमृत – सहिद शब्दको गरिमा दलिय राजनीति र अपराधुभन्दा धेरै माथि छ । जहाजभन्दा पनि माथि ! चेतनाको तहमा, अझ भनूँ आजका पाइलट उड्ने तहमा !
इन्जिनेर सन्दिप - “जहाजको अवस्था ठीक छैन,तपाईहरु नआत्तिनु,हामी मरे पनि तपाईहरुलाई बचाउँछौँ”भनेर साँच्चिकै त्यसै गरेका पाइलट र को(पाइलटको पेशागत निष्ठालाई नमन।
“हामी मरे पनि तपाईहरुलाई बचाउँछौँ”भनेर त्यसै गरेका पाइलट दिनेश न्यौपाने र कोपाइलट सन्तोष रानाको पेशागत निष्ठालाई नमन!आत्मालाई शान्ति मिलोस्!
— Rabindra Mishra (@MishraRabindra)
February 26, 2016
नेपालको पहाडी क्षेत्रमा जहाज फोर्स ल्यान्डिङ हुँदा पनि बाँच्नु मिराकल नै हो।आफू मरेर पनि यात्रुलाई बचाउने पाइलट र कोपाइलटप्रति श्रद्धाञ्जली।
— इन्दरधोजक्षेत्रीय (@indradhoj) February 26, 2016
विद्यार्थी - आफू जलेर अरुलाइ उज्यालो छर्नेु ( मैनबत्ति ुआफू मरेर यात्रु बचाउनेु ( पाइलट सबै प्रेरणाका स्रोत हुन । तिनका आत्माले शान्ति पाओस ।
राराज - आफ्नो ज्यान अर्पेर यात्रीको ज्यान जोगाउने पाइलट लाइ सलाम ।।
विजय न्यौपाने - एयर काष्ठपण्डपमका पाइलट दिनेश न्यौपाने र को पाइलट लाई सलाम जस्ले आफू मरेर अरुलाइ बचाए।
अर्जेल जेठा - कातरू जिन्दगीमा कयौंपटक मर्छन, तर ूविरू जिन्दगीमा एकैपटक मृत्यु चाख्छ्न ! सलाम ती पाइलट अनि को पाइलटलाई जस्ले आफु मरेर अरुलाइ बचाए !!
बिन्दा पाण्डे - पाइलट द्वयको वुध्दिमतापुर्ण साहसिक कदमलाई सलाम । दुवैप्रति श्रध्दान्जली तथा शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना ।
भुशाल भाई - सलाम ती महान पाइलट लाई जस्ले अफु मरेर अरुलाइ बचाय। अनि सरकार ध्यान दे किन छ नेपाली आकास यति खतरनाक।
सन्जु अधिकारी - आफू मरेर अरुको ज्यान बचाउने पाइलट लाई सलाम अनि हार्दिक श्रदान्जली।।
सुबोध तिमिल्सिना - ९ जनाको ज्यान बचाउनका लागि आफ्नो ज्यानको आहुती दिने ती महान पाइलट र को(पाइलटलाइ सलाम ।
लुरे बाहुन - जाहाजको अवस्था ठिक छैन आफू मरेर भय पनि हजुरहरुलाइ बचाउछु पाइलट यो भनाइले सारै नि मन छोयो सलाम छ ती पाइलटहरु लाइ
महेश जोशी - आफू मरि अरुलाई बचाउनेु पाइलट दिनेश न्यौपाने र कोपाइलट सन्तोष रानाको पेशागत निष्ठालाई सलाम!यि आत्मा ले शान्ति पाओस्।
प्रतीक भट्टराई जी एस - ती दुई पाइलट जो आफू बाची अरु यात्रुलाई बेवस्ता गर्न सक्थे। तर आफू मरि अरुलाई बचाए। सलाम छ ती वीर २ सपुतलाइ तपाइहरुको आत्माले शान्ति पाओस
उत्तरा धिकारी - सलाम दुई वीर नेपाली पाइलट दाजुहरु लाई जो आफू मरेर भए पनि अरुलाइ बचाउन सफल हुनु भयो। हार्दिक श्रद्धाञ्जली तपाईहरुको मृत आत्माले शान्ति पाओस।
सुमन खरेल - नेपालगञ्जबाट जुम्लाका लागि उडेका यात्रीहरुलाइ जोगाउन आफ्नो ज्यान गुमाउन पछि नपरेका पाइलट दिनेश न्यौपाने र कोपाइलट सन्तोष रानालाई सलाम !!!
Ujyaaloonline बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...