एजेन्सी । मानिसहरू कहाँ कहाँ सम्भोग गर्छन् ?
सम्भोग मानिसका लागि नभइ नहुने कुरा हो । एक
सयमा पच्चिस जना बेलायतीहरुले
व्यायामशालामा नै सेक्स गर्ने गरेको खुलासा
भएको छ ।
झण्डै २ हजार जनामा गरिएको सर्भेक्षणले २५
प्रतिशत बेलायतीहरुको यस्तो फोहोरी प्रवृत्ति
बाहिर आएको हो । एन समर्सले गरेको अध्ययन
अनुसार १० प्रतिशतले जिमखानामा जाँदा समेत
कण्डम बोक्ने गरेका छन् ।
आधाजसो बेलायतीले जिमखानालाई केवल
व्यायाम वा तन्दुरुस्ती प्राप्त गर्ने स्थानको रुपमा
मात्र नलिई कसैसँग सम्बन्ध गाँस्ने ठाउँको रुपमा
पनि लिने गरेको पाइएको छ ।
अझ रोचक कुरा त के भने जिमखानामा गएर सेक्स
गर्नेहरुमा ४७ प्रतिशत महिला रहेका छन् ।
महिलाहरुले जिमखानामा आफ्नो नितम्ब पुष्ट
देखाउने मेसिनको प्रयोग गर्न मन पराउने गरेका छन्
भने पुरुषहरुले आफ्नो बाइसेप देखाउने व्यायाम मन
पराउँछन् ।
जिमखानामा सम्भोग गर्ने मध्ये २० प्रतिशतले
आफ्नो गुरुसँग सेक्स गर्ने गरेका छन् । जिमखानाको
व्यायाम सकिएसँगै उनीहरुले खासगरी बाथरुममा
नुहाउने बेला यस्तो गर्ने गरेको पाइएको छ । त्यस्तै
अन्यले डेटिंग एपमार्फत जोडी जुराउने गरेका छन् ।
जिमखानामा सेक्स गर्ने मध्ये ३१ प्रतिशत समलिंगी
पुरुष तथा ४९ प्रतिशत महिला पुरुष हुने गरेको
पाइएको छ ।
जिमखानामा नियमित व्यायाम गर्ने महिला
तथा पुरुषको अनुभव अनुसार नियमित व्यायामले
उनीहरुको यौन सन्तुष्टिमा बढोत्तरी गरिरहेको छ
। (हलकारोबाट)

0 comments
प्रतिक्रिया दिनुहोस्...