-->
नेपाली कामदारलाई मलेसियाले दियो ठूलो मौका
Advertisement


अबैधानिक कामदारलाई बैधानिक बन्न फेरि समय थप
मलेसियाको प्रधानमन्त्री कार्यालय

क्वालालमपुर, २३ माघ । अबैधानिक रुपमा बसेर काम गरिरहेका आप्रवासी
कामदारलाई मलेसिया सरकारले बैधानिक बन्ने मौका दिएको छ ।
यो मौकाले मलेसियामा रहेका झण्डै १० हजार अवैधानिक नेपाली कामदार
वैधानिक बन्न पाउने भएका छन् ।
बैधानिक बन्ने मौका अर्थात् ‘सिक्स पी’ कार्यक्रम खुल्ला भएपछि बैधानिक बन्न
नसकिरहेका नेपाली लगायत आप्रवासी कामदार लाभाम्वित हुनेछन् । यहि
फेब्रुवरी १५ तारिखदेखि अबैधानिक कामदार बैधानिक बन्नको लागि
प्रक्रियामा आउन सक्ने यहाँका गृह तथा उपप्रधानमन्त्री दातुक सेरी अहमद
जाहिद हमीदीलाइ उद्धृत गर्दै ‘द सन् अनलाइन’ले खबर प्रकाशित गरेको छ ।
सिक्स पी नामक प्रक्रियाबाट अबैधानिक कामदारलाई बैधानिक बनाईने
गृहमन्त्री हमीदीले बताए । अबैधानिक आप्रवासी कामदारले अब दलालको
सहयोग बिना अनलाइनमार्फत पनि आबेदन दिन सक्ने बताइएको छ । आफूलाइ
रोजगार् दिईरहेको रोजगारदाता वा आफू स्वयमले पनि अनलाइन मार्फत
प्रक्रियामा जान सके खर्च कम लाग्ने यहाँका सन्चार माध्यमले जनाएका छन् ।
करिब २० लाख आप्रवासी अबैधानिक रुपमा काम गरिरहेको मलेसिया सरकारको
अनुमान छ ।
सन् २०११ पछि अबैधानिक आप्रवासीलाइ बैधानिक कामदारको हैसियत दिन
मलेसिया तयार भएको हो । यसअघि अबैधानिक कामदारलाई घरफिर्तीको
अबसर प्रदान गरेको मलेसियाले थप सुबिधा प्रदान गरी सिक्स पी कार्यक्रम
खुल्ला गरेको हो । सिक्स पी योजना कहिले सम्म जारी रहने छ भन्नेबारे केहि
खुलाइएको छैन् । यसका लागि कति शुल्क लाग्ने हो भन्नेबारे केहि पनि
खुलाइएको छैन ।
शुल्क बुझाएको निश्चित केहि समयभित्र सम्बन्धित कामदारले उ बाट संकलित
डाटा बमोजिम एक डिजिटल कार्ड प्राप्त गर्ने बताइएको छ । उक्त कार्ड एक
प्रकारको अस्थायी अनुमती पत्र हो । कार्डको अबधि तोकिएको हुन्छ ।
तोकिएको अबधिभित्र नयाँ एमआरपी बनाएर भिजा लगाई सक्नुपर्ने हुन्छ । नयाँ
एमआरपी बनाउँदा, भिजा, बार्षिक लेबी, ईन्सुरेन्स(विमा) लगायतको रकम अलग
अलग तिर्नुपर्ने हुँदा तोकिएको अबधिमा एकजना कामदारको ५ हजार आरएम
भन्दा बढी खर्च हुने देखिन्छ । डिजिटल कार्ड प्राप्त गरेका कामदारले प्रहरीको
हैरानी खेप्नुपर्ने छैन् ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.