वीरगञ्ज नाका बन्द गर्ने उपेन्द्र-महन्थको सपना
चकनाचुर
वीरगञ्ज, २३ माघ । बीरगञ्ज नाका बन्द गर्ने कि
खोलाउने भन्ने विषयमा मधेशी मोर्चामा तीव्र
विवाद बढेको छ ।
मोर्चाका दुई शीर्ष नेताले बीरगञ्ज नाकालाई
आफ्नो प्रतिष्ठाको विषय बनाएपछि
नाकाबन्दीलाई लिएर मोर्चाको प्रतिष्ठित बैठक
पनि बस्न सकेको छैन् ।
बीरगञ्ज नाकाको जिम्मेवारी पाएका
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले कि
सबै नाका बन्द गर्नुपर्यो कि बीरगञ्ज नाका
खोल्नुपर्ने अभिव्यक्ति दिए लगत्तै बीरगञ्ज नाका
सुचारू भएको थियो । महतोले मोर्चाका अन्य
दलका नेताहरूले नाकाबन्दीमा इमान्दारिता
नदेखाएको र नाकाबन्दीको जिम्मेवारी पाए नि
नाकाबन्दी नगरेको आरोप लगाएका थिए ।
बिहारबाट फर्केलगत्तै महतोले बिराटनगर आएर
बीरगञ्ज नाका खोल्नुपर्ने अभिव्यक्ति दिएका
थिए । महतोले अभिव्यक्ति दिएको २४ घण्टा
नबित्दै १३५ दिन देखि बन्द नाका सुचारू भएको
थियो । नाका सुचारू भए पछि प्रधानमन्त्री केपी
ओलीदेखि लिएर एमाओवादी अध्यक्ष प्रचण्ड सम्मले
महतोलाई फोन गरि बधाई दिएका थिए ।
तर, यही कुरा मधेशी मोर्चाका उनका सहयात्री
फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तमलोपा
अध्यक्ष महन्थ ठाकुर सम्मलाई टाउको दुखाई भयो ।
महतोले भन्ने बित्तिकै नाका खुलेको विषयले
मोर्चाभित्र खैलाबैला नै मच्चायो । महतोले
दिएको अभिव्यक्ति भन्दा ठीक एक दिन पहिले
तमलोपा अध्यक्ष महन्थ ठाकुरले सीमांकनको विषय
नटुंगिएसम्म नाका नखुल्ने अभिव्यक्ति दिएका थिए
। ठाकुरले दिएको अभिव्यक्तिको एक दिन पछिनै
महतोले नाका खुल्नुपर्ने बयान दिएका थिए ।
उता केही दिन पहिलेनै उपेन्द्र यादवले पनि
बिराटनगर, सुनसरी, सप्तरी र सिरहामा बीरगञ्ज
नाका तत्काल नखुल्ने बताउंदै आएका थिए । तर
महतोको अगाडि कसैको केही लागेन । महतोले
नाका खोल्न अभिव्यक्ति दिएपछि नाका सुचारू
भएपछि उपेन्द्र यादव र महन्थ ठाकुरले यसलाई आफ्नो
अपमान भएको र मधेश आन्दोलनमा आफ्नो
पार्टीको कुनै पकड नभएको र नाकाबन्दी पनि
महतोकै कारण भएको ठहर गरेको छ ।
शुक्रवार बीरगञ्ज नाका सुचारू भएपछि उपेन्द्र
यादव र महन्थ ठाकुरको पार्टीले यसलाई आफ्नो
अपमान ठान्दै कुनै पनि हालतमा बीरगञ्ज नाका
फेरि बन्द गराउन आफ्ना कार्यकर्तालाई निर्देशन
दिएका थिए । फोरम नेपालका एक जना केन्द्रीय
सदस्यले बताए अनुसार फोरम नेपालका अध्यक्ष
उपेन्द्र यादवले बीरगञ्जमा रहेका आफ्ना पार्टीका
उपाध्यक्ष लालबाबु राउत, महासचिव रामसहाय
यादव र पर्सा जिल्ला अध्यक्ष प्रदीप यादवलाई
फोन गरि जसरी भएपनि बीरगञ्ज नाका बन्द गर्न
निर्देशन दिएका थिए । स्रोतले बताए अनुसार
उपेन्द्रले एक घण्टाको लागि भएपनि नाका अवरोध
गर्न खटाएका थिए । उपेन्द्र यादवको निर्देशन
लगत्तै फोरम उपाध्यक्ष लालबाबु राउत र प्रदीप
यादवले स्थानीय मोर्चाको बैठक बोलाए ।
उता बीरगञ्जमा रहेका तमलोपा महामन्त्री
जितेन्द्र सोनलले पनि नाकाबन्दीलाई
प्रतिष्ठाको विषय बनाएर जसरी पनि नाकालाई
बन्द गर्ने दबाब दिए । बीरगञ्जमा भएको
मोर्चाको स्थानीय बैठकले राजेन्द्र महतोले
दिएको अभिव्यक्तिको आलोचना गर्दै आजै देखि
नाकालाई अवरोध गर्ने, सांझ मशाल जुलुस
निकाल्ने र आईतवारदेखि बीरगञ्ज बन्द गर्ने निर्णय
गरियो । तर, फोरम नेपालका उपाध्यक्षदेखि
तमलोपाका महामन्त्री सम्मको नाकामा केही
चलेन । आफ्ना दर्जनभर कार्यकर्ता लिएर नाकामा
पुगेर अवरोध गर्ने प्रयास गरेपछि स्थानीय
व्यापारी र रक्सौलवासीद्वारा लखेटिएका
थिए । केही छिनमै मोर्चाका नेताहरू फर्केका थिए
। स्थानीय व्यापारीहरूले महतोको भाषा बोल्दै
पहिले अरू नाका बन्द गरेर आऊ अनि यो नाका बन्द
गर भन्दै मोर्चाका नेताहरूलाई लखेटेका थिए ।
नाकाबाट लखेटिएका फोरम नेपाल र तमलोपाका
नेताहरूले सांझको मशाल जुलुस र भोलि देखिको
बन्द फिर्ता लिए । यो घटनासंगै मोर्चामा महतो
र अन्य दलका नेताबीचको सम्बन्ध चिसिएको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...