-->
अफगानिस्तानमा १० आतङ्ककारी मारिए...
Advertisement


अफगानिस्तान,अफगानस्तिानको पूर्वी प्रान्त गजनीमा तालिवान लडाकूविरुद्ध गरिएका सुरक्षा कारबाहीमा १० सशस्त्र आतङ्ककारी मारिएका छन् ।
सो जानकारी यस प्रान्तका प्रहरी प्रवक्ता फहिम अमिरले शुक्रबार दिनुभएको छ । सो कारबाही गजनी प्रान्तको काराबाग र आबान्द जिल्लामा भएको अमिरले बताउनु भएको छ ।
यस कारबाहीको क्रममा सुरक्षाबलतर्फ भने कुनै हताहत नभएको बताइएको छ ।
गजनी प्रान्तमा आतङ्ककारी क्रियाकलापमा संलग्न हुदै आएका तालिवान आतङ्ककारी समूहले यस विषयमा कुनै टिप्पणी गरेका छ्रैनन् । News24Nepal.com बाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.