-->
खतरै खतराको घेरामा मार्क जुकरवर्ग, आइएसले दियो ज्यान मार्ने धम्की
Advertisement


काठमाडौँ , १४ फागुन । फेसबुकका सिइओ मार्क जुकरवर्ग जति चर्चित छन् उनी दिनानुदिन त्यति नै असुरक्षित बन्दै गएका छन् । पछिल्लो समय मार्कका विरुद्धमा २० भन्दा बढी मुद्धा अदालतमा विचाराधिन रहेको भनीएका बेला उग्रवादी संगठन स्लामिक स्टेटले उनलाई ज्यान मार्ने धम्की दिएको अन्तराष्ट्रिय संचार संस्थाहरुले जनाएका छन् ।
आइएसले हालै एक भिडियो सार्वजनिक गरेर यस्तो सनसनीपूर्ण धम्की दिएको हो । उक्त भिडियोमा फेसबुकका प्रमुख मार्क जुकरबर्ग सहित ट्वीटरका पनि मुख्य कार्यकारी अधिकारी जैक डोर्सीलाई धम्की दिएको बिबिसीले उल्लेख गरेको छ ।
उनीहरुलाई धम्की दिँदै आइएस्ले गम्भीर नतिजा भोग्नु पर्ने बताएको छ । केही दिनअघि आइएस समर्थक करिब डेढ लाख अकाउन्ट बन्द गरिए लगत्तै आइएसले यस्तो चेतावनी दिएको हो ।

अनलाइन साझा खबरबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.