लुम्विनी–तौलिहवा सडकखण्डको पकडी–३ मा भएको मोटर साईकल दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।
लु १ प ३५३३ नम्बरको मोटरसाईकललाई ट्याक्टरले ठक्कर दिंदा मोटरसाईकलमा सवार जहदी गाविस–२ का ३७ वर्षीय अब्दुल रहमान मुसलमान र उनकी छोरी १६ वर्षीया आसमा खातुनको मृत्यु भएको हो ।
प्रहरी उपरीक्षक विष्णु केसीका अनुसार मोटरसाईकलमा ३ जना सवार रहेका कारण नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको हो ।
ट्याक्टर चालक फरार छन् भने ट्याक्टर ईलाका प्रहरी कार्यालय पकडीको नियन्त्रणमा छ । हिमालखबरबाट

0 comments
प्रतिक्रिया दिनुहोस्...