-->
तेक्वान्दो टोली हङ्गकङ्ग जाने
Advertisement


काठमाडौं, फागुन १४ - हङ्गकङ्गमा आयोजना हुने अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से प्रतियोगितामा सहभागी हुन प्रशिक्षक मनोज खड्गीको नेतृत्वमा ५ सदस्यीय नेपाली टोली शनिबार त्यसतर्फ जाने भएको छ ।
शुक्रबार एक समारोहका बिच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले टोलीलाई शुभकामना प्रदान गर्दै बिदाई गरे । टप माउन्टेन तेक्वान्दो एकेडेमीको सातौं बार्षिकोत्सवको उपलक्ष्यमा आयोजना हुन लागेको प्रतियोगितामा सिनियर ब्लाक बेल्टतर्फ बब्लु सिवाकोटी र किरण श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् । त्यस्तै जुनियर ब्लाकबेल्टतर्फ राजन भण्डारीले र जुनियर बेल्ट पुम्सेमा मेलिसा खड्गीले प्रतिस्पर्धा गर्ने टोली नेता एवं प्रशिक्षक मनोज खड्गीले जनाएका छन् । आफूलाई आयोजकको तर्फबाट मुख्य अतिथीको रुपमा समेत आमन्त्रण गरेको खड्गीले जानकारी गराए ।
फेब्रुअरी २८ र २९, २०१६ मा आयोजना हुने प्रतियोगितामा दक्षिण एशियाका चिन, नेपाल, भारत, पाकिस्तान लगायत एशियाका गरि १२ देशले सहभागिता जनाउने छन् । अघिल्ला प्रतियोगितमा जस्तै यस प्रतियोगिताबाट पनि पदक प्राप्त गर्ने बिश्वास रहेको टोलीमा समाविष्ट सिनियर खेलाडी बब्लु सिवाकोटीले बताए ।
Ujyaaloonline बाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.