सिलोङ, माघ २४ – बाह्रौं दक्षिण एसियाली
खेलकुद प्रतियोगितामा आइतबार नेपालले दुई
रजतसहित ६ पदक जितेको छ । योसँगै नेपालको पदक
संख्या नौं पुगेको छ ।
उसुमा विजय र सुस्मितालाई रजत
उसु छान छुवाङ स्पर्धाको महिला तर्फ सुस्मिता
तामाङ र पुरुष तर्फ विजय सिञ्जालीले रजत पदक जिते
।
सिलोङस्थित आसम राइफल्स इन्डोर स्टेडियममा
विजय पहिलो भएका श्रीलंकाली खेलाडी पीएलएच
लाक्सानसँग झिनो अन्तरले पछि पर्दै रजतमा सीमित
हुनु पर्यो । विजयले ८.८० अंक जोडे । स्वर्ण विजेता
श्रीलंकाली खेलाडीले ८.८६ अंक बनाए । तेश्रो भएका
भारतका अन्जुल लाम्डियोले ८.६६ अंक बटुले ।
सुस्मिताले ८.७२ अंक जोडिन् । पहिलो भएकी
भारतकी वाई सपना देवीले ९.४५ तथा तेश्रो भएकी
पाकिस्तानकी नाजिया पर्वेजले ६.३० अंक जोडे ।
पुरुष टेबल टेनिस
टेबलटेनिसको पुरुष टिम इभेन्टमा नेपालले कास्य
जितेको छ । नेपाल सेमिफाइनलमा श्रीलंकासंग ३–०
ले पराजित भएपछि कास्यमा सीमित भएको हो ।
महिला टिम इभेन्टमा नेपालको चुनौती समाप्त
भएको छ । नेपाल बंगलादेश विरुद्धको खेलमा ३–२ ले
चुक्यो ।
भारोत्तोलनमा जुनिलाई कांस्य
भारोत्तोलनमा नेपाली जुनीमाया छन्त्यालले
कास्य जितेकी छन् । गुवाहटीमा भएको महिलाको
६३ केजीमा जुनीले स्न्याचमा ५५ र क्लिन एन्ड जर्कमा
७० गरी कुल १ सय २५ केजी भार वहन गर्दै कास्य
जितिन् ।
रामबाबुलाई कुस्तिमा कास्य
कुस्ती ६१ केजी तौल समूहमा नेपालका रामबाबु
यादवले कास्य पदक जितेका छन् । यादव
सेमिफाइनलमा भारतका खेलाडीसँग हारेका हुन् ।
पौडीमा १३ वर्षकी गौरीकालाई कास्य
पौडी दुई सय मिटर ब्याकस्ट्रोकमा १३ वर्षकी
गौरीका सिंहले कास्य पदक जितेकी छिन् । उनले दुई
मिनेट २६ दशमलव ९३ सेकेण्डमा पूरा गरेकी हुन् ।
आर्चरी : नेपालले तेश्रो स्थानका लागि खेल्ने
आर्चरीको कम्पाउन्ड पुरुष टिम इभेन्टमा नेपालले तेश्रो
स्थानका लागि बंगलादेशसंग खेल्ने भएको छ ।
पुरुष/महिला टिम इभेन्टको रिकर्भ स्पर्धामा नेपाल
बाहिरी सकेको छ । नेपाली महिला टिम भुटानसंग
पहिलो चरणमा ६–० ले पराजित भयो । पुरुष टिममा
नेपाल भारतसँग क्वाटरफाइनलमा ६–२ ले पराजित
भयो ।
अहिलेसम्म भारत २८ स्वर्ण, १२ रजत र ३ कास्यसहित
पहिलो, ८ स्वर्ण, १७ रजत र १२ कास्यसहित श्रीलंका
दोस्रो, २ स्वर्ण, ४ रजत र ७ कास्यसहित पाकिस्तान
तेस्रो स्थानमा छन् ।ujyaaloonline बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...