२४ माघ, काठमाडौं । नेपाली कांग्रेस काठमाडौंको
सभापतिमा संस्थापन पक्षबाट तीन जनाले
उम्मेदवारी घोषणा गरेका छन् । वरिष्ठ नेता शेरबहादुर
देउवा पक्षबाट भने एक जना मात्र उम्मेदवार छन् ।
संस्थापन पक्षबाट भीमसेनदास प्रधान, सवुज वानियाँ
र राजुराज जोशीले सभापतिमा उम्मेदवारी दिने
दिने भएका छन् ।
बानियाँ महामन्त्री प्रकाशमानसिंह निकटका हुन् ।
काठमाड निर्वाचन क्षेत्र नं १, ३, ४, ५, ७, ८ र १० का
सभापतिको भेला गरेर उनले काठमाडौंको
सभापतिको उम्मेदवार घोषणा गरेका हुन् । उनको
प्यानलबाट सचिव पदमा राजकुमार कार्की र
कोषाध्यक्षमा गेाविन्द पुडासैनीका उम्मेद्वारी
परेको छ ।
संस्थापन पक्षबाटै वर्तमान सभापति भीमसेनदास
प्रधानले पनि उम्मेद्वारी घोषणा गरे । प्रधान ६ नं
क्षेत्रका सांसद समेत रहेका उनलार्इ संस्थापनको
प्रकाशमान सिंह इतरको समूहले समर्थन छ । आफू
केन्द्रीय सदस्यमा उम्मेदवारी दिने सोचमा रहे पनि
कार्यकर्ताको आग्रहमा पुनः जिल्ला सभापतिमै
उम्मेदवारी घोषणा गर्नु परेको बताए ।
कांग्रेसमा समूहको राजनीति अन्त्य गरिनुपर्ने मुद्दा
लिएर क्षेत्र नं ८ का महाधिवेशन प्रतिनिधि
राजुराज जोशीले सभापतिमा उम्मेदवार दिने भएका
छन् । जोशीको समूहको सचिवमा क्षेत्र नं २ का
हरिचन्द्र श्रेष्ठ र कोषाध्यक्षमा क्षेत्र नं ९ की
सिरिमिला सुवाल उम्मेदवार छन् ।
देउवा समूहबाट भने क्षेत्र नं ४ का महाधिवेशन
प्रतिनिधि नरोत्तम वैद्य सभापतिका एक्ला
उम्मेदवार हुने भएका छन् ।
कांग्रेस काठमाडौंको जिल्ला अधिवेशन सोमबार
विहान नौ बजे प्रज्ञा भवन कमलादीमा हुनेछ ।
अधिवेशनको पार्टी सभापति सुशील कोइरालाले
गर्ने कार्यक्रम छ ।
अनलाइनखबरबाट

0 comments
प्रतिक्रिया दिनुहोस्...