स्थिर सरकार नहुँदा गरिबी बढेको दाबी
चितवन, २४ माघ । उपप्रधानमन्त्री चित्रबहादुर
केसीले भूकम्प र नाकाबन्दीले गरिबको सङ्ख्या
बढाएको बताउनुभएको छ ।
पत्रकारसँग आज यहाँ साक्षात्कार गर्दै सहकारी
तथा गरिबी निवारणमन्त्री केसीले देशमा २५
प्रतिशत जनता गरिबीको रेखामुनि रहेकामा
अहिले यो सङ्ख्या बढेर गएको बताउनुभयो । कति
बढ्यो यकिन नभए पनि देशभर यसको प्रभाव रहेको
भन्दै उहाँले पहाड भूकम्पले र तराई नाकाबन्दीले
प्रभावित बनाएको बताउनुभयो ।
सरकारले २५ जिल्लामा गरिब परिवारको
तथ्याङ्क सङ्कलन गरिरहेको जानकारी दिँदै उहाँले
उनीहरुलाई यसै वर्षभित्र र आउँदो वर्ष बाँकी ५०
जिल्लामा लगत सङ्कलन गरी परिचयपत्र वितरण
गरिने बताउनुभयो । परिचयपत्र पाएकालाई
शिक्षा, स्वास्थ्य, रोजगारीलगायतमा सरकारले
सहुलियत र प्राथमिकता दिइने उल्लेख गर्दै उहाँले
जसरी आरक्षणमा परेकाहरुले सुविधा पाएका छन्
त्यसैगरी गरिबले पनि सुविधा पाउने छन् भन्नुभयो ।
स्थायी सरकारको अभावमा गरिबीको सङ्ख्या
घट्न नसकेको बताउँदै उपप्रधानमन्त्री केसीले एउटै
सरकार चार/पाँच वर्ष रहे गरिबीको सङ्ख्या
विस्तारै घटेर जाने विश्वास व्यक्त गर्नुभयो ।
“संविधान बनेसँगै ऐन नियम गरिबको पक्षमा छन्, अब
स्थायी सरकार भया ेभने नेपाली धेरै वर्ष
गरिबीको रेखामुनि बस्नु पर्दैन”, उपप्रधानमन्त्रीले
भन्नुभयो । एउटा उद्देश्य लिने र अर्कै काम गर्ने
सहकारी नियन्त्रण गरिने उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, “प्रधानमन्त्री भारत जानुअघि
सर्वदलीय बैठक हुन्छ भन्नुभएको छ, पार्टीको सुझाव
सल्लाहअनुसार देशलाई असर पर्ने कुनै सन्धि,
सम्झौता प्रधानमन्त्रीले गर्नुहुन्न ।” रासस

0 comments
प्रतिक्रिया दिनुहोस्...