काठमाडौं, २४ माघ । संघीय समाजवादी फोरम
नेपालका अध्यक्ष उपेन्द्र यादवका प्रेस सहयोगी
महेश चौरसियाले सद्भावना पार्टीका अध्यक्ष
राजेन्द्र महताले मधेसी मोर्चाको आन्दोलन तुहाउन
सफल भएको आरोप लगाएका छन् । महतोले फेरि
पनि धोका दिएर मधेसलाई असफल बनाएको उनले
आरोप लगाए ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष
यादवका प्रेस सहयोगी महेश चौरसियाले
सामाजिक सञ्जाल फेसबुकमार्फत सद्भावना
पार्टीका अध्यक्ष महतालेलाई विवादास्पद
नेताको संज्ञा पनि दिएका छन् । उनले महतोलाई
गद्दारको संज्ञा पनि दिएका छन् ।
‘पहाडे विरोधी, स्टन्टबाज र विवादास्पद नेता
राजेन्द्र महतोले तत्काललाई मधेस आन्दोलन तुहाउन
सफल भए’, सन्देशमा उनले भनेका छन्, ‘महतोले
मधेसलाई फेरि धोका दिए । किनकि, महतो
मधेसका लागि होइन, पूर्वराजा ज्ञानेन्द्र र केपी
ओलीका लागि सक्रिय थिए, छन् । योभन्दा बढी
महतोसँग अपेक्षा गर्न हुन्न ।’
सन्देशमा भनिएको छ, ‘पूर्वराजा ज्ञानेन्द्र, केपी
ओली र कमल थापासँग मिलेर राजतन्त्र फर्काउने
खेलमा लागेर मधेस आन्दोलन तुहाउने गद्दार राजेन्द्र
महतोलाई आज दिउँसो बस्ने मोर्चाको बैठकले
कारबाही गरेर तत्काल टीमबाट अलग गरोस् ।
आजीवन मन्त्री हुँदा अकुत सम्पत्ति कुम्ल्याएका
महतो जस्ता मधेस विरोधी गद्दार नेताहरु
अख्तियारको कारबाहीमा परेर जेल जानबाट
जोगिनका लागि शक्ति केन्द्रहरुको गोटी बनेको
यथार्थ जनताले बुझिसकेका छन् । पूर्वराजावादी
बद्रीप्रसाद मण्डल अहिले सद्भावना पार्टीका
वरिष्ठ उपाध्यक्ष छन् । नियत र उद्देष्य बुझ्न यो
तथ्य काफी छ । गद्दारको संगतले युद्ध जितिदैँन,
यो यथार्थ उपेन्द्र यादव र महन्थ ठाकुरले पनि
राम्ररी बुझेको हुनु पर्छ । मधेसीलगायत उत्पीडित
जनतालाई अधिकार दिलाउन यादव र ठाकुर
पर्याप्त छन्, उहाँहरुले आन्दोलनको विगुल फुके हुन्छ ।
तर, मोर्चा र मधेसलाई अब महतो जस्ता प्रतिघाति
नेताको साथ चाहिँदैन ।’
मधेसी मोर्चाको बैठक बस्न नसकिरहेका बेला उपेन्द्र
यादवका प्रेस सहयोगीको यो अभिव्यक्तिले
चर्चा पाएको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...