-->
मलेसिया र हङकङमा धमाका मच्चाउन मुन्द्रे र राजेश पायल राई उडे
Advertisement

काठमाडौं । नेपालका चर्चित हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे) र चर्चित गायक राजेश पायल राई मलेसिया, हङकङ
लगायतका बिभिन्न देशमा हुने कार्यक्रमका लागि काठमाडौं बाट उडेका छन् । शनिबार दिउँसो २ बजे त्रिभुवन बिमानस्थल
बाट यि कलाकारको टोली मलेसियाका लागि उडेको हो ।
चाईनिज नयाँ बर्षको अवसरमा मलेसियाको पेनांगमा फ्रेबुअरी ७, ८ र ९ तारिखमा हुन लागिरहेको रकस्टार धमाका नामक
कार्यक्रममा धमाका मच्चाउने भन्दै उनीहरु मलेसिया तर्फ लागेका हुन् । मुन्द्रे र राजेश पाएलको साथमा अन्य कलाकारहरु
गायिका सिजु अधिकारी, कोरियाग्राफर पेमा लामा, मोडल चन्दा दाहालपनि सँगै छन् । उनीहरु मलेसियाको पेनांगमा
तिन दिनको कार्यक्रममा सँगै रहनेछन् ।
त्यस्तै मलेसियाको कार्यक्रम सकेलगत्तै हाँस्य कलाकार जित’ नेपाल हङकङमा हुने अर्को कार्यक्रमका लागि मलेसियाबाट ९
फ्रेबुअरीमा हङकङ जानेछन् । उनले हङकङमा पनि धमाका मच्चाउने बताएका छन् । साथै जितु नेपाल हङकङ पछि १२ फ्रेबुअरीमा
युएईको एक कार्यक्रममा आफ्नो प्रस्तुती देखाएर नेपाल फर्कने कार्यक्रम रहेको बताए ।
गायक राजेश पाएर राई पनि फ्रेबुअरी ९ सम्म मलेसियामा हुने कार्यक्रम सकेर १४ फ्रेबुअरीका लागि साईप्रस लाग्नेछन् । साथै
उनी साईप्रसको कार्यक्रम सकेलगत्तै १९ फ्रेबुअरीमा युकेमा हुने कार्यक्रममा लाग्नेछन् र राजेशको १३ मार्चमा हङकङमा
कार्यक्रम रहेको छ । उनले हङकङमा पनि धमका मच्चाउने बताएका छन् ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.