-->
'आमा भन्नुहुन्छ - बेलुका हिँड्नु ठिक होइन'
Advertisement


गत मंगलबार पोखरा उपमहानगरपालिका वडा नं. १५
की युवति योरुना मगर अर्धनग्न अवस्थामा मृत फेला
परिन् । आफ्नै घरबाट चार सय मिटर पर फालिएकी
योरुना मगर फिल्मकी अभिनेत्रीसमेत हुन् ।
‘गाउला’, ‘युँपा’जस्ता मगर भाषाका फिल्ममा
अभिनय गरेकी उनी नेहा मगर नामले समेत चिनिन्थिन् ।
बलात्कारपछि हत्या गरिएको हुन सक्ने प्रहरीले
आशंका गरेको छ ।
उनको हत्याको विरोधमा नेपाल मगर संघले
दोषीलाई कडा कारवाही गर्न माग गरेको छ भने
नेपाली फिल्मक्षेत्रका अभिनेत्रीहरु दोषीलाई
कारवाही गर्न माग गर्दै सामाजिक सञ्जालमा
पोखिएका छन् । फेसबुकमा केकी अधिकारीले
योरुनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै यस्तो लेखेकी
छिन् । जुन लेखको सम्पादित अंश यस्तो छ ।
यो पोस्ट लेखिरहँदा म आफूलाई एकदम लाचार अनि
विवश महशुस गरिरहेकी छु । हरेक दिन जस्तै हामीले
भोग्नुपरेका यस्ता घटनाले मलाई विचलित बनाउँछ ।
एक्लै कतै हिँड्न डर लाग्छ, पुरुषका हुल कतै देख्दा अर्कै
बाटो खोज्न थाल्छु म ।
साँझ पर्ने बितिकै घर पुगिन भने आमा आत्तिन
थाल्नुहुन्छ । बेलुका हिँड्नु ठिक होइन भन्नुहुन्छ ।
विचरा ! आमा न हो छोरी को माया भैहाल्छ ।
छोरीको बलात्कार, अझ सामुहिक । अझ त्यसमाथि
हिंंस्रक हत्याको समाचार छापिँदा कुन आमाको मन
बिक्षिप्त नहोला र ?
तर म प्रश्न गर्न हिच्किचाउँदिन आमासँग र साेध्छु,
आमा मैले किन डराउनुपर्ने ? मैले त कसैको केही
बिगारेको छैन ?
तब आमा भन्नुहुन्छ तिमी छोरी मान्छे हौ तिमीले सधैं
डराउनु पर्छ । यहाँ समाज परिवर्तन होला, सोच
परिवर्तन होला भनेर म मेरी छोरीलाई खतराको
मुखमा पु¥याउन सक्दिन भन्नुहुन्छ।
हुन पनि हो, जति कराए पनि जति रोए पनि जति नै
बिन्ती गरे पनि त्यो राक्षसीपन, अनि त्यो बर्बरता
देखाइहाल्दा रैछन् । म थाकेर चुपचाप आमाको कुरा
मानेर चाँडै घर आउनुबाहेक केही गर्न सक्दिन।
मलाई माफ गरिदेइ बहिनी नेहा पुन। तिमीमाथि
भएको घटनालाई लिएर यहाँ जति नै कराऔं,
दोहोरि नै रहनेछन् । जति चिच्याए पनि आवाज
दबाइनेछन् ।
मलाई माफ गर !


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.