सिलोङ/भारत, माघ २२ – शनिबार पहाडी
पर्यटकीय सहर मेघालयको सिलोङमा १२ औं दक्षिण
एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन
समारोह आयोजना गरिएको छ ।
शुक्रबार बेलुका गुवाहटीको इन्दिरागान्धी
एथलेटिक्स स्टेडियममा उद्घाटन समारोह भएको
थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले
गुवाहटीमा प्रतियोगिताको उद्घाटन गर्नुभएको
थियो । सिलोङमा भने मेघालय राज्यका मुख्य
मन्त्री मुलुङ सङमाले उद्घाटन गर्नुभयो । सन् १९८४ मा
काठमाडौंबाट सुरु भएको प्रतियोगिता पहिलोपटक
दुई स्थानमा आयोजना हुन लागेको हो । नेपालबाट
प्रतियोगितामा सहभागी २३ खेलका ३ सय ८७
खेलाडी र पदाधिकारीको प्रतिनिधित्व गर्दै
तेक्वान्दोकी आयशा शाक्यले सिलोङ उद्घाटन
समारोहमा नेपालको राष्ट्रिय झण्डा बोकिन ।
फागुन चार गतेसम्म हुने प्रतियोगितामा नेपालबाट
२३ खेलमा तीन सय ८४ खेलाडीले सहभागिता जनाउने
छन् । प्रतियोगितमा सार्क देशका दुई हजार ६ सय
भन्दा धेरै खेलाडीले २३ खेलका दुईसय २८ स्पर्धामा
प्रतिस्पर्धा गर्नेछन् ।
२३ खेलमध्ये १६ खेल गुवाहटीमा र ७ खेल सिलोङमा
हुनेछ ।ujyaaloonline बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...