एकीकृत माओवादीका अध्यक्ष पुष्यपकमल दाहाल
प्रचण्ड र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र
महतोवीच भेटवार्ता भएको छ।
लाजिम्पाटस्थित प्रचण्डको निवासमा शनिवास
साँझ भएको भेटवार्तामा उनीहरुवीच तराई मधेसको
आन्दोलनका बारेमा र शीर्ष दल र मधेसी मोर्चावीच
भइरहेको छलफलका बारेमा कुराकानी भएको
प्रचण्डको निजी सचिवालयले जनाएको छ।
भेटमा प्रचण्डले शीर्ष दल र मोर्चाबीचको छलफल र
सहमतिबाटै निकास खोजिने छलफलका क्रममा
बताएका थिए। उनले सिमांकनका बिषयहरु पनि
छलफल र संवादका माध्यमबाट सहमतिमै टुंगो लाग्ने
स्पष्ट पारेका थिए।
महतोले आन्दोलनबाट जनताले सास्ती पाएकोले आफूले
सञ्चार माध्यममा दिएको अभिव्यक्ति सही भएको
बताएका थिए। उनले पनि संवाद र छलफलबाट नै अब
सहमतिमा पुग्नुपर्ने बताएका थिए।setopati बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...