-->
माइक्रोबस दुर्घटनाः नौ जनाको सनाखत, ७ जना सैनिक परे
Advertisement


त्रिशूली (नुवाकोट), २४ माघ । पासाङल्हामु
राजमार्ग अन्र्तगत त्रिशूली–काठमाडौँ सडक
खण्डको मदानपुरमा दुर्घटना हुँदा ज्यान गुमाउने नौ
जनाको सनाखत भएको छ ।
शनिबार अपराह्न काठमाडौँबाट त्रिशूलीतर्फ
आउँदै गरेको बा१ज ७५८३ नं को माइक्रोबस
मदानपुर–८ केउरिनीको भिरबाट २०० मि तल
खसेको थियो । दुर्घटनामा ११ जनाको ज्यान
गएको छ भने १२ जना घाइते भएका छन् । मृत्यु हुनेमा
नेपाली सैनिकतर्फ सात जना रहेको सैन्य तालिम
केन्द्र त्रिशूलीले पुष्टि गरेको छ । दुर्घटनामा चालक
र तीन सर्वसाधारणको समेत ज्यान गएको छ ।
सैन्य तालिम केन्द्र त्रिशूलीमा तालिमरत
ओखलढुङ्गा सिंहदेवी–८ की रमिता बुथाथोकी,
ओलखढुङ्गा रानीवनकी सन्तोषी बोगटी,
रामेछाप मन्थलीकी लक्ष्मी श्रेष्ठ र ओखलढुङ्गा
बिलदबुकी मञ्जु मिश्र रहेका छन् । त्यस्तै मुना
खत्री, ईश्वर कार्की र केदार अधिकारीको पनि
मृत्यु भएको तालिम केन्द्र त्रिशूलीका प्रमुख
केन्द्रपति रामकृष्ण थापाले जानकारी दिनुभयो ।
सेनाले सबैको पूरा ठेगाना र उमेर भने सार्वजनिक
गरेको छैन ।
यस्तै माइक्रोबस चालक नुवाकोट बेलकोट–२ का
२२ वर्षीय दामोदर कँडेल र यात्रु देउराली–८ का
५५ वर्षीय सिंहबहादुर तामाङको मृत्यु भएको
प्रहरीले जनाएको छ । उक्त बसमा १८ सैनिक, तीन
सर्वसाधारण तथा चालक र सहचालक गरी २३ जना
सवार थिए । दुर्घटनामा परी घाइते १० सैनिक र
सहचालकको राजधानीको ट्रमा सेन्टर र सैनिक
अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
केही सञ्चारमाध्यमले मृतक भनी नाम सार्वजनिक
गरेको सैनिक यशोदा कार्कीको उपचार भइरहेको
सेनाले जनाएको छ । यस्तै अमृता कार्की,
दिलकुमारी खड्का, रुपा घोरासैनी, दीपा
दाहाल, धनमाया घर्ती, झलक सुवेदी, शुभराज
खत्री, सञ्जीव ग्वाछा, गोविन्द खनाल, सन्देश
बराम र सहचालक समीर थापाको उपचार भइरहेको
प्रहरीले जनाएको छ । दैनिक नेपाल डट कमबाट




Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.