साउदी अरेबियाले इस्लामिक स्टेट आईएस विरुद्ध
सिरियामा स्थल सेना पठाउन व्यक्त गरेको
चाहनाको सिरिया सरकारले कडा प्रतिवाद
गरेको छ । साउदी अरेबियालाई अनावश्यक दम्भ
त्याग्न पनि सिरियाले आग्रह गरेको छ ।
एक दिन अघि साउदी अरबियाका रक्षा मन्त्रीले
अमेरिकाले स्वीकृति दिएमा सिरियामा आईएस
विद्रोही विरुद्ध स्थल सेना पठाउन सक्ने बताएको
थियो । त्यसको लागि आफुसंग क्षमता, अनुभव र
आधुनिक संयन्त्र भएको साउदी अरेबियाले
बताएको थियो । साउदी अरबियाले व्यक्त गरेको
चाहना प्रति सिरियाका विदेश मन्त्री वालिद
अल मौलेमले पत्रकार सम्मेलन गरी कडा
प्रतिक्रिया दिएका छन् । उनले सिरिया
सरकारको अनुमति विना साउदी स्थल सेना प्रवेश
गरेमा काठको कफनमा फिर्ता पठाईदिने
चेतावनी दिएका छन् । सिरिया एक स्वतन्त्र र
सार्वभौम मुलुक भएकोले आफ्नो सुरक्षा गर्न
सिरिया सरकार सक्षम रहेको सिरियाली विदेश
मन्त्रीले बताएका छन् । एक घण्टा लामो पत्रकार
सम्मेलनमा सिरियाली विदेश मन्त्रीले साउदीको
हस्तक्षेपले यमनमा निम्ताएको भयावह मानवीय
संकटलाई सारा विश्वले विर्सन नसक्ने बताएका छन्
। सिरियामा अमेरिका नेतृत्वको गठवन्धन सेनाले
विद्रोहीहरुलाई आर्थिक तथा प्राविधिक
सहयोग पु¥याउँदा गृहयुद्धले भयावह रुप लिएको छ ।
त्यसमाथि आईएस लगाएतका इस्लामिक
अतिवादीहरुको चलखेलपनि बढेको छ । पछिल्लो
पटक रुस सरकारको सहयोगमा सिरियाली
सरकारले विद्रोही विरुद्ध कडा कारवाही जारी
राखेको छ । यसैबीच सिरियामा शान्ति
स्थापनार्थ संयुक्त राष्ट्र संघको मध्यस्थता जारी
रहेको सन्दर्भमा साउदी अरेबियाले देखाएको
अनावश्यक चासोप्रति मध्यपूर्वकै अधिकांस
मुलुकहरुले कडा आपत्ति जनाएका छन् । News24Nepal.com बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...