२४ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान
आयोगले सशस्त्र प्रहरीका पूर्व महानिरीक्षक शैलेन्द्र
श्रेष्ठविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा
दायर गरेको छ ।
सामान ढुवानीका नाममा फर्जी बिल बनाएर
भ्रटाचार गरेको आरोपमा श्रेष्ठसहित चार
जनाविरुद्ध आइतबार मुद्दा दायर भएको हो । श्रेष्ठ
झण्डै ९ महिना सशस्त्र प्रमुख भएका थिए । उनी केही
समयअघि एक करोड धरौटीमा छुटेका थिए ।
अख्तियारले श्रेष्ठविरुद्ध ८० लाख ९३ हजार रुपैयाँ
विगोदाबी गरेको छ । सशस्त्र प्रहरी निरीक्षक
तकमान महरा विरुद्ध पनि श्रेष्ठको जत्ति नै बिगो
माग दावी गर्दै मुद्दा दायर भएको छ ।
सशस्त्र प्रहरी नायब उपरीक्षक रामचन्द्रविरुद्ध १८
लाख र अदिती ट्रान्सर्पोटविरुद्ध ५७ लाख
बिगोदाबी गर्दै मुद्दा दायर गरेको अख्तियारका
प्रवक्ता कृष्णहरि पुस्करले जानकारी दिए ।
यसअघि सशस्त्रका पूर्व प्रहरी महानिरिक्षक
कोषराज वन्तसहित अन्य ९ जनाविरुद्ध पनि
भ्रष्टाचारको मुद्दा दायर भइसकेको छ ।
अनलाइनखबरबाट

0 comments
प्रतिक्रिया दिनुहोस्...