-->
भारत्तोलनमा नेपाललाई अर्को एक पदक
Advertisement


२४ माघ, काठमाडौं । १२ औं दक्षिण एशियाली
खेलकुदमा नेपाली भारत्तोलन खेलाडीले तेस्रो पदक
जितेकी छन् ।
महिलाको ६३ केजी तौल समुहमा स्न्याचतर्फ ५५
केजी र क्लिन एण्ड जर्कतर्फ ७५ केजी गरेर कुल १३० केजी
उठाउँदै नेपालकी जुन माया छन्त्यालले काश्य पदक
जितेकी हुन् ।
यस स्पर्धामा श्रीलंकाकी खेलाडीले रजत र
बंगलादेशकी खेलाडीले स्वर्ण पदक जित्न सफल भईन ।
यसअघि हिजो भएको स्पर्धामा ५३ केजी स्पर्धामा
देवीकुमारी चौधरीले काश्य र ६२ केजी तौलसमूहमा
बिकास थापाले रजत पदक जितेका थिए ।
यो संगै जारी सागमा नेपालले जितेको पदकसङख्या
६ पुगेको छ । यसअघि आज भएको स्पर्धामा नेपालले
उसुमा दुई रजत पदक हासिल गरेको थियो ।
अनलाइनखबरबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.