२४ माघ, काठमाडौं । १२औं साग गेम्स अन्तर्गत पुरुष
फुटबलतर्फ आफ्नो पहिलो खेलमा नेपालले भुटानमाथि
शानदार जित हात पारेको छ ।
आइतबार भएको प्रतियोगिताको आफ्नो पहिलो
खेलमा नेपालले नवयुग श्रेष्ठको हृयाटि्रकको मद्धतमा
भुटानलाई ५-० गोलले पराजित गरेको छ । जितसंगै
नेपालको सेमिफाइलन प्रबेशको सम्भावना बलियो
बनेको छ ।
गुवहाटीस्थित जवाहरलाल नेहरु रंगशालामा भएको
खेलमा नेपालले ३६औं मिनेटमा नवयुगको गोलबाट
अग्रता लियो । कप्तान बिराज महर्जनको क्रसमा
उनले गोल गरेका हुन् ।
पहिलो हाफको अन्त्यतिर नेपालले अग्रता दोब्बर
पार्यो । ४४औं मिनेटमा बिशाल राईले नेपालका
लागि दोस्रो गोल गरे ।
दोस्रो हाफको सुरुमै नेपालले ३-० को अग्रता
बनायो । अञ्जन विष्टले ५१ औं मिनेटमा उत्कृष्ट गोल
गरेका थिए । फिफा बरियातामा नेपालभन्दा ५
स्थान तल रहेको भुटानलाई नेपालले सुरुवातदेखि नै
दबाबमा राखेको थियो
खेलको ८२औं मिनेटमा दोर्जी रातोकार्ड खाँदै मैदान
बाहिरिएपछि भुटान खेलको अन्तिम १० मिनेट १०
खेलाडीमा समेटिएको थियो ।
दुई साताअघि बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्डकप
फुटबलको उपाधि बिजेता नेपाली टोली
प्रतियोगिताको उपाधि दावेदार टोली हो ।
प्रतियोगिताको समुह बी मा रहेको नेपालले समुहको
अर्को खेल माघ २८ गते बंगलादेश बिरुद्ध खेल्नेछ ।
अनलाइनखबरबाट

0 comments
प्रतिक्रिया दिनुहोस्...