-->
उसुको थाउलोमा नेपाललाई २ रजत पदक
Advertisement


२४ माघ, सिलोङ । बाह्रौं दक्षिण एसियाली
खेलकुद (साग) को तेस्रो दिन नेपालले २ रजत पदक
जितेको छ । उसुको थाउलोतर्फ नेपालले २ रजत पदक
जितेको हो ।
यो सागै नेपालको ३ रजत र २ काश्य सहित पदक
संख्या ५ पुगेको छ । यसअघि नेपालले हिजो
भारत्तोलनमा एक रजत र एक काश्य तथा कुस्तीमा एक
काश्य जितेको थियो ।
सिलोङ्गमा आज भएको खेलमा नेपालकी सुस्मिता
तामाङ्ग र विवेक सिञ्जालीले नेपालका लागि रजत
पदक दिलाएका हुन् ।
नेपालकी सुस्मिताले ८ दशमलव ८२ अंक प्राप्त गर्दै रजत
पदक दिलाएकी हुन् । यस स्पर्धामा श्रीलंकाले स्वर्ण
र भारतले काश्य पदक जित्यो ।
त्यस्तै आज भएको अर्को खेलमा विवेकले ८ दशमलव ८०
अंक प्राप्त गरेर रजत पदक जिते । यस स्पर्धामा भारतले
स्वर्ण र पाकिस्तानले काश्य पदक जित्यो ।
अनलाइनखबरबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.