सुनसरी, फागुन १५ – बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत पहिलो खेलमा मनाङ मर्स्याङदी क्लबले भुटान ११ लाई ८–० गोल अन्तरले हराएको छ ।
मनाङका लागि अनिल गुरुङले र ओलावालेले ह्याट्रिक पूरा गरे । अनिलले पहिलो हाफको २३ औँ, ३० औँ र दोस्रो हाफको ६० औँ मिनेटमा गोल गरे । यस्तै ओलावालेले ४५ औँ ७२ औँ र ८२ औँ मिनेटमा गोल गरेका गरेका हुन् ।
मनाङका लागि तेज तामाङले ४२ औँ मिनेटमा र दोस्रो हाफको ८० औँ मिनेटमा बिशाल राइले गोल गरे । प्रतियोगितामा आइतबार धरान फुटबल क्लब र रुपन्देही ११ बिच खेल हुनेछ ।Ujyaaloonline बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...