सुनसरी, फागुन १५ - नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले आगामी चैत मसान्तसम्ममा एक लाख मानिसलाई नयाँ शक्तिमा आवद्ध गराउने बताउनु भएको छ ।
सुनसरीको इटहरीमा पत्रकारसँग कुरा गर्दै भट्टराईले आफुहरु पार्टीको घोषणा गर्ने अन्तिम तयारीका पुगेको बताउनुभयो । देशका विभिन्न भागमा नयाँ शक्तिले कार्यक्रम गरिरहेको जानकारी दिँदै उहाँले आफू अहिले पूर्वी नेपालमा केन्द्रित भएको बताउनुभयो ।
डा. भट्टराईले पत्रकार सम्मेलना देशलाई आर्थिक सांस्कृति र सामाजिक रुपान्तरण गर्न हिजोको राजनीतिक चिन्तन र धारणाले मात्र सम्भव नहुने पनि स्पष्ट पानुभयो । भट्टराईले राजनीतिक र सामाजिक सदभाव सिर्जना गर्दै सम्पूर्ण नेपालीहरुलाई समान ढङ्गले नयाँ शैलीबाट देश निर्माण गर्ने अभियानमा समाहित गराउनु नैै नयाँ शक्तिको मुख्य अभियान रहेको स्पष्ट पार्नुभयो ।
पूर्वी नेपालमा धेरै सचेत जनशक्तिको बसोवास रहेको भन्दै भट्टराईले नयाँ शक्तिलाई स्थापित गराउँदै शान्ति स्थापना, संविधानका कार्यान्वयन अनि सुशासन स्थापित गराउँदै देशलाई आर्थिक रुपमा समृद्ध बनाउने अभियानलाई पनि नयाँ शक्तिले जोड दिई रहेको बताउनुभयो ।
उहाँले पुरातनबादी राजनीतिक चिन्तन र सोचबाट नेपाललाई समृद्ध बनाउन असम्भव देखिएकाले आफूहरु त्यसलाई चिर्नका लागि नयाँ ढंगले सङ्गठित हुन यो अभियानमा अघि बढेको बताउनुभयो ।Ujyaaloonline बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...