-->
एमाओवादीका नजरमा कस्ता पार्टी हुन् काग्रेस, एमाले र राप्रपा ?
Advertisement

काठमाडौं – एकीकृत माओवादीले नयाँ
संविधानपछि विभिन्न राजनीति
शक्तिहरुको चरित्र र प्रवृतिवारे आफ्नो
मुल्याङ्कन बाहिर ल्याएको छ ।
मंगलवारबाट शुरु भएको पार्टीको केन्द्रीय
समिति वैठकमा अध्यक्ष प्रचण्डले पेश
गरेको राजनीतिक प्रस्तावमा
पार्टीहरुवारे ब्याख्या गरिएको छ ।
‘माक्र्सवाद–लेनिनवाद–माओवादको
रक्षा, प्रयोग र विकासका चुनौतीहरूको
सामना गर्न एकजुट होऔं !, रूपान्तरणसहित
पार्टी पुनर्निर्माणको अभियानमा
दृढतापूर्वक अगाडि बढौं !’ शीर्षकको
प्रस्तावमा राजनैतिक शक्तिहरूको
विश्लेषण उपशीर्षक दिएर यस्तो ब्याख्या
गरिएको छ ।
एकीकृत माअोवादीको राजनीतिक
प्रस्तावमा पार्टीहरुमाथि यस्तो
विश्लेशण गरिएको छ
राप्रपाका विभिन्न घटक गणतन्त्र
विरोधी राजनैतिक शक्ति : राजतन्त्रको
पक्षपोषण गर्ने, हिन्दु राष्ट्रको नारा
दिने, संघीयताको विरोध गर्ने, समग्रतामा
महान् जनयुद्ध र ऐतिहासिक
जनआन्दोलनका उपलब्धीहरुको विरोध गर्ने
पूर्व पञ्चहरु, समाजको रुढीवादी सामन्ती
शक्ति, दलाल र नोकरशाही
पुँजीपतिवर्गको एउटा हिस्सा समेत मिलेर
यो शक्ति बनेको छ । यसमा मुख्यतः
राप्रपाका विभिन्न घटकहरु पर्दछन् ।
कांग्रेस र पहाड, मधेशमा रहेका कतिपय
क्षेत्रीय दल यथास्थितिवादी राजनैतिक
शक्ति : संसदीय प्रजातन्त्रको वकालत
गर्ने, क्रान्ति र परिवर्तनका प्रगतिशील
मुद्दाहरु प्रति नकारात्मक धारणा राख्ने,
वैदेशिक प्रतिक्रियावादसँग हमेसा
सम्झौता गर्न रुचाउने तथा खास–खास
मोडमा आत्म–समर्पण गर्न पनि तयार हुने
राजनैतिक शक्ति यसमा पर्दछन् । यस्तो
राजनैतिक शक्तिमा मुख्यता नेपाली
कांग्रेस र पहाड, मधेशमा रहेका कतिपय
क्षेत्रीय दलहरु पर्दछन् । नेपाली कांग्रेसले
राणाशाही विरुद्ध र निरंकुश पञ्चायतका
विरुद्ध खेलेको सकारात्मक भूमिकाका
कारण मध्यम वर्गदेखि राष्ट्रिय पुँजीपति
वर्गको एउटा हिस्साको साथै दलाल
नोकरशाही र सामन्त वर्गको एउटा
हिस्साको पनि उसले प्रतिनिधित्व गर्दछ
। जति बेला उ सकारात्मक भूमिका खेल्छ
उसले मध्यम वर्ग र राष्ट्रिय
पुँजीपतिसम्मको र जतिबेला उसले गलत
सम्झौता र आत्म समर्पणवादी भूमिका
खेल्छ त्यतिबेला उसले दलाल नोकरशाह र
सामन्तहरुकै प्रतिनिधित्व गरिरहेको हुन्छ ।
एमाले सुधारवादी र अवसरवादी राजनैतिक
शक्ति : मुख्य रुपमा मध्ययम वर्ग एवम् निम्न
पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने
अत्यन्त ढूलमूल र अवसरवादी चरित्रको
सुधारवादी राजनैतिक शक्ति यस
कोटीमा पर्दछन् । यसमा मुख्यतः नेकपा
(एमाले) लगायत सुधारवादी र
संशोधनवादी राजनैतिक दलहरु पर्दछन् ।
सवै माओवादी क्रान्तिकारी राजनैतिक
शक्ति : सामन्तवाद र साम्राज्यवादको
शोषण–उत्पीडनबाट नेपाल र नेपाली
जनतालाई मुक्त गरी पुँजीवादी जनवादी
क्रान्तिलाई पूर्णता दिँदै समाजवादी
क्रान्तिको रणनीति हासिल गरी
साम्यवादको दिशामा अगाडि बढ्ने स्पष्ट
कार्यदिशासहितको नेपाली
सर्वहारावर्गको राजनैतिक प्रतिनिधि
मुख्यतः एकीकृत नेपाल कम्युनिष्ट पार्टी
(माओवादी) लगायत माओवादी धाराका
विभिन्न समूहहरु यस कित्तामा पर्दछन् ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.