-->
प्रधानमन्त्रीलाई रिँगटा लागेपछि…
Advertisement

काठमाडौं –जिम्मेवारीको बोझले
नराम्रोसँग थिचिएका प्रधानमन्त्री केपी
शर्मा ओली पछिल्ला केही दिनयता थप
अस्वस्थ बनेका छन् । मिर्गौला
प्रत्यारोपणपछि पूर्ण रुपले स्वस्थ हुन नसकेका
ओली पछिल्लो समय कमजोरी, वाकवाकी
लाग्ने , रिँगटा लाग्ने समस्याबाट पीडित
भएको उनका निकटवर्तीहरुले जनाएका छन् ।
ओलीको उपचारका निम्ति हालै
सिङ्गापुरबाट चिकित्सक झिकाइएको र
बालुवाटारस्थित प्रधानमन्त्री निवासमै
उनको उपचार भइरहेको बुझिएको छ ।
ओलीको उपचारका लागि भन्दै
आइसिटिसी नामक कम्पनीसँग सम्बन्धित
व्यापारी दिनेश श्रेष्ठले सिङ्गापुरबाट
चिकित्सक लिएर आएको जानकारी प्राप्त
भएको छ । सिङ्गापुरका चिकित्सकको
उपचारपश्चात् प्रधानमन्त्री ओलीको
स्वास्थ्यमा केही सुधार भएको बुझिएको छ ।
प्रधानमन्त्री बनेपछि गर्नुपर्न कामको
फेहरिस्त बनाएर बसेका ओली चाहेजस्तो
काम गर्न नपाएर छट्पटीमा परेको खबर
आजको घटना र विचार साप्ताहिकले
लेखेको छ ।


Advertisement
,

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.