-->
यौन क्षमताले बताउँछ, कति बाँच्ने ! (अध्ययन)
Advertisement


बेडरुममा पुरुषले आफ्नो पुरुषत्व प्रदर्शन गर्न सकेन भने
मानिसको दाम्पत्य जीवनमा असर गर्छ भन्ने भनाई
अब नयाँ रहेन । तर कम उत्तेजित हुने मानिसको
आयुमा समेत असर गर्ने नयाँ तथ्य भेटिएको
वैज्ञानिकहरुले दाबी गरेका छन् । कम उत्तेजित हुने
पुरुषमा छिट्टै मृत्यु हुने ७० प्रतिशत सम्भावना रहेको
उनीहरुको भनाई छ ।
उत्तेजना कम हुने मानिसहरुमा मुटुजन्य समस्या हुने
अमेरिकाको मिसिपीका वैज्ञानिकहरुले बताए ।
यस्तो समस्याबाट अमेरिकामा झन्डै २ करोड
मानिस प्रभावित भएको पनि उनीहरुको भनाई छ
। लिंग उत्तेजित नहुने मानिसहरुलाई बारम्बार
हृदयघात, उच्च रक्तचाप लगायतको समस्या हुने र
त्यसको कारण अल्पायुमा नै मृत्यु हुने गरेको
वैज्ञानिकहरुको दाबी गरेका छन् ।
यसअगाडि विशेषगरी यो समस्याबाट वृद्ध
मानिसहरु पीडित हुने बताइन्थ्यो । तापनी ४० वर्ष
मुनिका २० प्रतिशत मानिसमा यस्तो समस्या
देखिएको वैज्ञानिकहरु बताउछन् ।
इरेक्टाइलट डाइफंक्सन (इडी) ले
हाइपरलिपिडेमिया, हाइपरटेन्सन, अत्यधिक
माटोपन, चिनिरोग, धुमपान गर्ने मानिसहरुमा
देखिएको उनीहरुले बताउने गरेका थिए । उत्तेजित
नहुने मानिसमा स्टोक र मुटुका धमनीसँग सम्बन्धित
रोग लाग्ने गरेको बताइने गरिएको थियो ।
इडी र मुटुसँग सम्बन्धित खतरा इन्डोथेलियल
डाइफङसन, कम्जोर तथा खराब नाइट्रस
अक्साईडको उत्पादनले हुने गरेको वैज्ञानिकहरु
बताउँछन् । अमेरिकाको नेसनल हेल्थ एन्ड न्युट्रियसन
इक्जामिनेसन सर्भेमा सहभागी २० देखि ८५ वर्षका
१ हजार ७ सय ९० मानिसहरुमा गरिएको
तथ्यांकलाई अध्ययन गरी वैज्ञानिकहरु यस्तो
निस्कर्षमा पुगेका हुन् । ‘सन्तोषपूर्ण सम्भोगकका
लागि तपाईको उत्तेजित हुने अवस्थालाई कसरी
वर्णन गर्नुहुन्छ’ भन्ने प्रश्नको जबाफका आधारमा
सहभागी पुरुषहरुको यौन क्षमताको विश्लेषण
गरिएको थियो ।
कहिलेकाहीँ सक्षम वा कहिल्यै पनि सक्षम नभएका
व्यक्तिहरुको यौन क्षमता ‘असन्तुलन’ भएको
बताइएको थियो । अध्ययनमा सहभागीमध्ये ५ सय
५७ जनामा उत्तेजना नहुने अर्थात इडी भएको
बताएका थिए । ८ वर्षसम्मको नियमित
उपचारपछि इडी भएका २ सय ४४ जनाको मृत्यु
भएको थियो । मृत्यु भएकामध्ये ६१ जनामा मुटुसँग
सम्बन्धित रोग, ६४ जनामा ट्युमर, १२ जनामा
श्वासप्रश्वासम्बन्धि समस्या र बाँकीमा अन्य
अनगिन्ति समस्याहरु देखिएका थिए । इडीबाट
पीडित सहभागीहरुमा औषत आयु ७० प्रतिशत भन्दा
बढी भएको उनीहरुले निस्कर्ष निकालेका थिए ।
अध्ययन जर्नल अफ सेक्सुअल मेडिसिनमा प्रकाशित
छ । -स्वास्थ्य खबरपत्रिका



Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.