२३ माघ, काठमाडौं । स्थानीयबासी र भारतीय
ब्यापारीको बलमा वीरगञ्ज नाका खुलेपछि
भारतीय आयल कर्पोरशनको रक्सौल डिपोले डिजेल र
पेट्रोलको लोड दिएन ।
वीरगञ्ज नाका शुक्रबार खुलेको थियो । लोड लिन
भन्दै शनिबार विहान ३५ वटा नेपाली ट्यांकरहरु
रक्सौल पुगे । तर, डिजेल र पेट्रोलको लोड दिन मानेन
। आइओसीका अधिकारीले डिपोमा तेल भण्डारण कम
भएको तर्क गरेको छ ।
माथिल्लो निकायबाट नाका खुलेको खबर नआएकाले
वीरगञ्ज भएर तेल भित्रिने गरी लोड नदिएको आयल
निगमका एक उच्च अधिकारीले बताए । ‘नाका
खुलेकोबारे हामीले हिजो नै जानकारी गराएका
थियौं’ निगमका एक अधिकारीले अनलाइनखबरसँग
भने-‘तर, उनीहरु माथिको आदेश आएको छैन भनिरहेका
छन् ।’
रक्सौल डिपोले१४ वटा ट्यांकरमा हवाई इन्धन भने
दिएको छ । यस्तै ४ ट्यांकर मटि्टतेल पनि लोड भएको
छ । यी ट्यांकरहरुमा चेक पोइन्ट बिराटनगर राखेर
लोड दिइएको हो । त्यसैले ति सबै लोडेड ट्यांकर
वीरगञ्ज नाकाबाट आउन पाउँदैनन् ।
शनिबार वीरगञ्जबाट भित्रिएका ४ वटा ग्यासका
बुलेट र एउटा डिजेल ट्यांकर पहिले नै वीरगञ्ज
नाकाका लागि चलान भएका हुन् ।
भारतीय आयल कर्पोरेशनले केही समय अघिदेखि नै अन्य
नाकाबाट लैजान सक्ने गरी रक्सौलबाट नेपाललाई
हवाइ इन्धन र मटि्टतेल दिइरहेको थियो । उसले
यसअघि पनि रक्सौल डिपोबाट पेट्रोल र डिजेल दिन
मानेको थिएन ।
अनलाइनखबरबाट

0 comments
प्रतिक्रिया दिनुहोस्...